२ आश्विन २०८३, शुक्रबार

अर्थतन्त्र

नेपालका वाणिज्य बैंकहरुले कमाए ४९ अर्ब २१ करोड नाफा

नेपालका वाणिज्य बैंकहरुले कमाए ४९ अर्ब २१ करोड नाफा

नेपाल । चालु आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपालका २० वाणिज्य बैंकको खुद नाफा ४९ अर्ब २१ करोड रुपियाँ नाघेको छ । अघिल्लो वर्षको तुलनामा करिब १९ प्रतिशतको वृद्धि देखिँदा बैंकिङ क्षेत्र क्रमशः सुधारको दिशामा अघि बढेको सङ्केत देखिएको छ । चालु आवको चैत मसान्तसम्म आइपुग्दा वाणिज्य बैङ्कले ४९ अर्ब २१ करोड रुपियाँभन्दा बढी खुद नाफा आर्जन गरेका हुन्, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १९.३० प्रतिशतले बढी हो । सार्वजनिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा १३ बैंकको नाफा बढेको छ भने सात वटा बैंकको नाफा घटेको देखिएको छ । नाफाका आधारमा नबिल बैंकले छ अर्ब ७६ करोड रुपियाँ कमाउँदै शीर्ष स्थान कायम राखेको छ । बैंकको नाफा गत वर्षको तुलनामा करिब ३३.९ प्रतिशतले वृद्धि भएको हो । ...
‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

नेपाल । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको विस्तृत मूल्याङ्कनसहित ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रूपमा न्यून र अस्थिर रहेको निष्कर्ष निकाल्दै संरचनात्मक सुधारको खाँचो औँल्याएको छ । त्यस्तै, स्थितिपत्रले नेपालको अर्थतन्त्रमा सुस्त वृद्धि, संरचनात्मक असन्तुलन, कमजोर औद्योगिकीकरण, सीमित रोजगारी, लगानी अभाव र राजस्व सङ्कलनका चुनौतीहरू विद्यमान रहेको देखाउँदै दिगो आर्थिक रूपान्तरणका लागि नीति सुधार, प्रविधि प्रयोग, निजी क्षेत्रको सशक्तिकरण र उत्पादनमुखी क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याएको छ । प्रतिवेदनअनुसार पछिल्लो एक दशकमा नेपालको वार्षिक औसत आर्थिक वृद्धि चार दशमलव दुई प्रतिशत मात्र रहेको छ । यस अवधिमा अर्थतन्त्र न्यूनतम दुई दशमलव चार प्रतिशतसम्...
सहकारीमा फसेको बचत ‘चक्रीय कोष’ मार्फत फिर्ता गर्ने नयाँ कार्यविधि लागु

सहकारीमा फसेको बचत ‘चक्रीय कोष’ मार्फत फिर्ता गर्ने नयाँ कार्यविधि लागु

नेपाल । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार अब बचतकर्ताले चरणबद्ध रूपमा आफ्नो रकम फिर्ता पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै लागु गरेको जनाएको छ । कार्यविधि अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘चक्रीय कोष’ स्थापना गरिएको छ । उक्त कोषमार्फत समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका बचतकर्तालाई रकम फिर्ता गरिने भएको छ । कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारीको सम्पत्ति बिक्रीबाट उठेको रकम, सञ्चालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट प्राप्त रकम जम्म...
व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान हुँदै

व्यवसायी शेखर गोल्छा पक्राउ, धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान हुँदै

नेपाल । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, व्यवसायी शेखर गोल्छा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ पर्नुभएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्षसमेत रहनुभएका गोल्छालाई बिहीबार साँझ पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका वडा नं ८ बस्ने हुलासचन्द्र गोल्छाको छोरा शेखर गोल्छासमेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ को उपदफा (१) र दफा ९८ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि पक्राउ गरिएको हो । बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्यूरोमा प्राप्त हुन आएको मिति २०८३ वैशाख १० गते काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्रा...
‘सम्पत्ति छानबिन आयोग’द्वारा कार्य प्रारम्भ, कार्यकाल १ वर्ष, ३२ कर्मचारीको छनोट गर्दै

‘सम्पत्ति छानबिन आयोग’द्वारा कार्य प्रारम्भ, कार्यकाल १ वर्ष, ३२ कर्मचारीको छनोट गर्दै

नेपाल । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले बैशाख ९ गते बुधबारदेखि औपचारिक रूपमा कार्य प्रारम्भ गरेको छ । २०८३ वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगको कार्यालय केशरमहलमा स्थापना गरिएको छ। आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले बुधबारनैकायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराउनुभएको हो। जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारी पाए...
अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेश मन्त्रीबिच शिष्टाचार भेट

अर्थमन्त्री वाग्ले र अमेरिकाका सहायक विदेश मन्त्रीबिच शिष्टाचार भेट

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री Mr. S. Paul Kapur बिच मंगलवार अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल भयो। उक्त छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गर्नुभयो। उहाँले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्धारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पार्नुभयो। अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क...
लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको बैठकमा अर्थमन्त्रीको असन्तुष्टि

लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको बैठकमा अर्थमन्त्रीको असन्तुष्टि

नेपाल । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको विषयमा निर्मम समीक्षा हुने उल्लेख गर्नुभयो । बैठकका क्रममा अर्थमन्त्री वाग्लेले समस्याको तुरुन्त पहिचान गर्न पनि निर्देशन दिनुभयो । लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय निरीह देखिनुले अत्यन्तै गलत सूचना सञ्चार भएको अर्थमन्त्रीले बताउनुभयो । उहाँले १४ औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर अघि बढ्ने बताउनुभयो । ...
विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच बजेट तयारीसम्बन्धी छलफल

विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच बजेट तयारीसम्बन्धी छलफल

नेपाल । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटको तयारी तीव्र बनाएको छ । यस क्रममा सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवबिच सोमबार बजेट तयारीसम्बन्धी छलफल भएको छ । सबै विषयगत मन्त्रालयका मन्त्री तथा सचिवलाई अर्थ मन्त्रालयमा आमन्त्रित गरी बजेटको तयारी अवस्था, बजेट निर्माणका प्राथमिकता र अनुशासनका विषयमा छलफल–अन्तर्क्रिया गरिएको यो पहिलो अभ्यास रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । छलफल कार्यक्रमको समापन समारोहमा अर्थमन्त्री डा। वाग्लेले नेपालको सार्वजनिक वित्त सङ्कटको अवस्थामा रहेको सन्दर्भमा आगामी बजेटमा सबैको सामूहिक परीक्षण हुने जानकारी गराउनुभयो । राज्यको अनिवार्य दायित्व १,३३० अर्ब र राजस्व १,१८० अर्ब रुपियाँ रहेको अवस्थामा नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी बजेट निर्माण गर्नु चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । ...
पश्चिम एसियाका देशमा नयाँ र पुनः श्रम स्वीकृति खुल्यो

पश्चिम एसियाका देशमा नयाँ र पुनः श्रम स्वीकृति खुल्यो

नेपाल । वैदेशिक रोजगार विभागले पश्चिम एसियाका देशमा जाने श्रमिकका लागि नयाँ र पुनः श्रम स्वीकृति दिने निर्णय गरेको छ । यसअघि पश्चिम एसियाका देशमा कार्यरत रहेकै बेला बिदामा घर आएका नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति सुचारु गरेको विभागले सोमबारदेखि भने नयाँ जानेको हकमा पनि श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले पश्चिम एसियामा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखी गएको फागुन १७ देखि लागु हुने गरी साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल देशमा सबै प्रकारका श्रम स्वीकृति स्थगन गरेको थियो । ती देशका लागि दुई चरणमा पुनः श्रम स्वीकृति खुला गरेको विभागले नयाँका लागि भने एकै पटक खुला गएको छ । विभागका अनुसार पुनः श्रम स्वीकृति गएको चैत ५ देखि पश्चिम एसियाका सात देश साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, ओमान, यमन...
काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सीधा उडान गर्ने तयारी

काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सीधा उडान गर्ने तयारी

नेपाल । नेपाल वायु सेवा निगमले छिट्टै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सीधा उडान गर्ने तयारी गरेको छ। निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ। छिमेकी देश भए पनि ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन। सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए। बंगलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ। नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ। राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुन सकेको छैन। अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ। त्यसैगरी, निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ। हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि साता...