२३ बैशाख २०८१, आईतवार

अमेरिकाबाट फर्किए अर्थमन्त्री पुन

कोलोराडोखबर संवाददाता , April 21st, 2024

नेपाल । सोमबार अमेरिका प्रस्थान गरेका अर्थमन्त्री वर्षमान पुन शनिबार साँझ स्वदेश आइपुगेका छन् ।

वासिङटन डिसीमा आयोजित विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वसन्तकालीन संयुक्त बैठकमा भाग लिएर मन्त्री पुन शनिबार स्वदेश फर्किएका हुन् ।

अमेरिकामा रहँदा उनले विभिन्न अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा हुन लागेको लगानी सम्मेलनमा सहभागिताको लागि निमन्त्रण गरे । उनले नेपालमा लगानीको संभावना रहेको प्रष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्