२९ बैशाख २०८१, शनिबार

आइतबार र सोमबार नेपालमा तेस्रो लगानी सम्मेलन हुँदै

कोलोराडोखबर संवाददाता , April 28th, 2024

नेपाल । आइतबार र सोमबार नेपालमा तेस्रो लगानी सम्मेलन हुँदैछ ।

सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।

विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।

चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँचरपाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहने जनाइएको छ ।

लगानी बोर्डले लगानीका लागि १ सय ४८ परियोजनाको सूची तयार पारेको छ, जसमा बोर्डका २०, निजी क्षेत्रका ३२, स्थानीय तहका ४ र अन्य निकायका ९६ परियोजना समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्