योमरी पुन्ही कार्यक्रममा नेपाली सांस्कृतिक केन्द्रलाई १६ हजार डलर सहयोग संकलन
–नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आईतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्हीसंगै नेपाली सांस्कृतिक केन्द्रलाई १६ हजार डलर भन्दा बढी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेवाः खलः कोलोराडोले आयोजना गरेको योमरी पुन्ही कार्यक्रममा सहभागी भई बाल बालिकाहरुलाई योमरी बनाउने गर्ने तरिका सिकाउदै, नेवारी गीत संगीतमा नृत्य तथा यथासक्य दानगर्ने प्रतिबद्धता जनाउदै उपस्थित सबैलाई योमरी बितरण गरी हर्सोउल्लासका साथ उनीहरुले योमरी पुन्ही मनाएका हुन् ।
कोलोराडो स्थित लाफियत लाइब्रेरीमा सम्पन्न कार्यक्रममा कोलोराडो स्थित बिभिन्न संघ संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धीजीवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको बाक्लो उपस्थिती रहेको थियो ।
धिमेबाजाको तालमा सहकाल तथा सम्पन्नताका देवता कुवेरको पुजागरी सुरु गरिएको कार...









