३ आश्विन २०८१, बिहीबार

भेल भ्याली शेर्पा समुदायले अमेरिकाको कोलोराडोमा मनाए ग्यल्पो लोसार

कोलोराडोखबर संवाददाता , March 11th, 2024

कोलोराडो । भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभिलिएन भेल शहरमा शेर्पा समुदायहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्यल्पो लोसार अमेरिकाको कोलोराडो निवासी शेर्पा समुदायहरुले भव्यताका साथ रमाईलो गरेर मनाएका छन् ।

विहानको कार्यक्रममा न्युयोर्कबाट पाल्नु भएका वौद्ध लामा गुरुज्यू ङवाङ छछोग लामाले पूजा आरधान गर्नु भएको थियो । उहां ८ पटक सगरमाथा सफल आरोहन गर्नु भएका सफल आरोही पनि हुनुहुन्छ ।

अपरान्हको कार्यक्रम संस्कृतिक नाचगान गर्दै रातको १० बजेसम्म रमाईलो गरेर मनाइएका थियो । भेल भ्याली शेर्पा लोसार कोलोराडोमा शेर्पाहरुको बसाई सराई भए देखी नै लावा सिस्टमले निरन्तर मनाइदै आएको छ । यो लावा सिस्टममा ३, ४ शेर्पा परिवारहरु आयोजक चुन्ने चलन छ ।

यो वर्ष २१५१ को लावाज्युहरुमा ङवाङ थ्रोवा शेर्पा परिवार, पासङ तेन्जी शेर्पा (पिटी) परिवार, निमा तमाङ परिवार र मिङमा शेर्पा परिवार गरी चार परिवार हुनु हुनुहुन्थ्यो । अर्को वर्ष २१५२ को लावाको लागी पासङ शेर्पा परिवार, नवीन शेर्पा परिवार, पासङ तेम्वा शेर्पा परिवार लावा चुनिनु भएको छ । लावा चुन्दा सकेसम्म नेपालको विभिन्न क्षेत्रलाई प्रतिनिधित्व हुने गरी चुन्ने चलन रही आएको छ ।

कार्यक्रममा सगरमाथा सफल शेर्पा आरोहीहरु लागाएत शेर्पा फाउन्डेसनका अध्यक्ष पेम्वा तेन्जीङ शेर्पा, शेर्पा नाङपी छोग्पा, कोलोराडो शेर्पा संघका अध्यक्ष ङवाङ वङछु शेर्पा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाका वोर्ड सदस्य निमा शेर्पा तथा अन्य कोलोराडोका विभिन्न समाजसेवी, वुद्धीजीवी, व्यवासायी र स्थानीय शुभचिन्तकहरुको वाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्