३१ भाद्र २०८१, सोमबार

जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गर्यो ‘स्मार्ट सिटी’ बारे वेबिनार

कोलोराडोखबर संवाददाता , March 4th, 2024

अमेरिका । जय नेपाल इन्टरनेशनल फाउण्डेशनले गत शनिबार ‘स्मार्ट सिटीः विश्वव्यापी परिपेक्षदेखि स्थानीय अभ्याससम्म’ विषयमा वेबिनार आयोजना गरेको छ ।

कार्यक्रममा इञ्जिनियर दीपकबाबु कँडेलले स्मार्ट जनता, शासन, पूर्वाधार र अर्थतन्त्रबाट स्मार्ट सिटी प्राप्त गर्न हुँदा समष्टिगत विकासको अवधारण आवश्यक भएको बताए ।

त्यस्तै अर्का इञ्जिनियर सतीश त्रिपाठीले स्मार्ट भौतिक पूर्वाधारमा लगानी गर्ने, डेटा कलेक्शन र स्टोरेज तथा मास्टर प्लान बनाएर अघि बढ्नु पर्ने धारणा राखे ।

नेपाल सरकारको वित्तीय सुशासन आयोगका सदस्य सचिव दीपेश विष्ट, धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना, गोरखा नगरपालिकाकी उपमेयर सपना पुन, अमेरिकाको सार्वजनिक यातायात विज्ञ डा. देशराज संयोक, बुटवल नगरपालिकाका मेयर खिलराज पाण्डे, योजनाबिद् डा. केशव भट्टराई लगायतले स्मार्ट सिटीका बारेमा आ–आफ्नो धारणा राखे ।

जय नेपाल इन्टरनेशन फाउण्डेशनका अध्यक्ष डा. यादव पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा फाउण्डेशनका नेपाल अध्यक्ष बद्रि अर्यालले संस्थाको उद्देश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रम डा. निरज श्रेष्ठले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्