२९ बैशाख २०८१, शनिबार

सांस्कृतिक कार्यक्रमसहित कोलोराडोमा मनाइयो सोनाम ल्होछार (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , March 4th, 2024

नातिबाबु भट्ट (कोलोराडो/अमेरिका) । २८६०औं सोनाम ल्होछार डुग ल्होको पावन अवसरमा अमेरिकाको कोलोराडोमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ शुभकामना आदान प्रदान गरिएको छ ।

तमाङ समाज कोलोराडोको आयोजनामा कोलोराडो निवासी तमाङ समुदायले आफ्नो संस्कृती परम्परा अनुसार सोनाम ल्होछार मनाएका हुन् ।

शनिबार सांझ कोलोराडोको बोल्डर नगरमा सम्पन्न कार्यक्रम, प्रमुख अतिथि एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष प्रकाश पौडेल र कार्यक्रमका सभापती सन्दीप लामाले संयूक्त रुपमा पानसमा बत्तीबालेर कार्यक्रम उद्धाटन गरिएको थियो ।

कार्यक्रममा चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तमाङ लगायतका कलाकार, कोलोराडोमा सक्रिय संघ संस्थाका प्रतिनिधि, गन्यमान्य, व्यवसायी, पत्रकार तथा नेपाली भाषी बा आमा, दाजुभाई दिदी बहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई खादा लगाई दिई सम्मान गरिएको थियो । कार्यक्रममा तमाङ, शेर्पा, गुरुङ समुदायका सहभागीहरु आ—आफ्नो परम्परागत पहिरहनमा सजिएर सहभागी भएका थिए ।

संगीता लामा लामीछानेद्धारा संचालित कार्यक्रममा बुद्धिमान वाइबाले उपस्थित सबैलाइ स्वागत गदै यसको महत्वबारे प्रकाश पारेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि पौडेलले सोनाम ल्होछारको सबैलाई शुभकामना दिदै कोलोराडोमा रहेका सबै संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडि बढ्न एनआरएन कोलोराडो सधै तत्पर रहेको भन्दै कार्यक्रम सफलताको कामना गरे ।

यसैगरी कार्यक्रमका सभापति तथा तमाङ समाज कोलोराडोका संयोजक लामाले हाम्रो भाषा संस्कृती हराए हाम्रो पहिचाहनै हराउने छ भन्दै यसलाई आफ्नो सन्ततीमा जस्ताको तस्तै हस्तान्तरण गर्ने बाताबरण सृजना गर्न सबैलाइ अनुरोध गरे । स्थानीय समुदायलाई तमाङ संस्कृतीको पहिचाहन गराउनुको साथै संस्कृती जोगाईराख्न कार्यक्रम आयोजना गरिएको बताए । संयोजक लामाले कार्यक्रम सफल बनाउन बिभिन्न माध्यमबाट सहयोग पुर्याउने तथा यस समारोहमा उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक समारोह अन्त्य गरेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा गीत, संगीत, नृत्य लगायतका बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमबाट सहभागीहरुलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो । चर्चित गायक मिलन लामा, चर्चित दोहोरी गायिका संगीता थापा मगर, गायक आङगेलु शेर्पा, मोडल डान्सर रश्मी तमाङ लगायतका स्थानीय कलाकारहरुबाट बिभिन्न चर्चित गीतहरु गाएर सहभागीहरुलाई नचाएका थिए । तमाङसेलो, मिन्दो मायां, कौडा, दोहोरी जस्ता बिभिन्न गीत संगित र मोडर्न, डिजेमा कलाकारहरुले कुशल नृत्य प्रश्तुत गरेर सहभागी दर्शकहरुको मन जितेका थिए ।

नेपालमा मूलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ । गुरुङहरुले तोला, तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसारको नाममा मनाउने चलन छ । उनीहरुले यस बर्ष बिरालो बर्षलाई बिदाई गर्दै गीद्ध बर्षलाई स्वागत गरेका छन् । ल्होसारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोखलाको ग्रह दशा शान्ति गराउँछन र भोलिपल्ट नयां दिनको झुल्के घामसंगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्