न्यूयोर्कलाई पराजित गर्दै टेक्ससले जित्यो भलिबल प्रतियोगिताको उपाधि
अमेरिका (क्यालिफोर्निया) । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल प्रतियोगितमा टेक्ससको टोलीले उपाधि जितेको छ ।
सानफ्रन्सिस्कोमा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूयोर्कको टोलीलाई टेक्ससले हराएको हो । योसंगै बिजेता टोलीले सर्वाधिक १२ हजार डलर पुरस्कार जितेको छ ।
अन्तिम खेलमा १५–१३ स्कोर सहित न्यूयोर्कले बाजी मारेको हो । बेस्ट अफ फाईभको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २-२ जीत सहित दुबै टोली बराबरको स्थितिमा थिए ।
खेलको उपबिजेताले ७ हजार डलर पुरस्कार पाउने छ । तेस्रो हुनेले ५ हजार र चौथो हुने टोलीका लागि २ हजार डलर पुरस्कार राखिएको यो खेल अमेरिकामा नेपाली समुदायमाझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो ।
विजेता-उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा...








