२ बैशाख २०८३, बुधबार

प्रवास

आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक

आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक

नेपाल । आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक भएको छ । डायस्पोरामा बसेर नेपाली गीत–सङ्गीतलाइ माया गर्ने गायिका नीता आचार्यको नयाँ गीत काठमाडौँमा एक समारोहबिच सार्वजनिक भएको हो । उक्त गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुष्कर शाहको शब्दमा रहेको यस गीतमा शिशिर योगीले सङ्गीत भर्नुभएको छ । गीतमा रहेको काठमाडौँ र मकवानपुरको सुन्दर दृश्यहरू प्रताप सिंहले कैद गर्नुभएको छ । गीतको निर्देशन भने किरण श्रेष्ठले गर्नुभएको हो । गायिका आचार्य बिगत ३० वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँका अन्य दर्जनौ गीतले यसअघि पनि नेपाली गीत–सङ्गीत क्षेत्रमा छाप छोडी सकेको छ । https://www.youtube.com/watch?v=QuZDU3Hs-1Q ...
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी

नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी

नेपाल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले बुधबार आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिनुभयो । बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ । एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार हुनुहुन्छ । जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा हुनुहुन्छ । त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ ...
नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक ‘जीवन प्रवाह’ को विमोचन

नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक ‘जीवन प्रवाह’ को विमोचन

नेपाल । वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जीवन प्रवाह” को विमोचन गरिएको छ । राजनीति, पत्रकारिता, साहित्य र समाजसेवामा सक्रिय रहँदै आएका शर्माले पुस्तकमा आफ्ना जीवनअनुभव र आत्मकथा समेट्नुभएको छ । “मलाई निष्क्रिय जीवन मन पर्दैन”, “तीनचोटि पढ्न भनेर भागेको छु”, “त्यतिबेला दाङमा राति स्कूल धेरै खुले”, “चौथो सालमा हात उठुवा चुनाव भयो” र “मेरा लागि जेल युनिभर्सिटी जस्तो पो भयो” जस्ता अनुभूति पुस्तकमा समावेश छन् । त्यस्तै, “नागरिक समाजको अग्रभागमा जनसागर उर्लियो”, “अन्तरिम व्यवस्थापिकाको सांसद र प्रेस काउन्सिलको अध्यक्ष हुँदाको अनुभव” लगायतका घटनामा आफ्नो भुमिकाबारे पनि शर्माले पुस्तकमा लेख्नुभएको छ । यस्तै अक्षयधाम र वृद्धाश्रम, विपश्यना र शान्ति क्षेत्र, ज्ञानगुन र सुखदुःखका कथा, आफूले गरेका भूलचुक र पाएको शिक्षा, गद्यन्त्रम...
बौद्ध सम्पदाहरुको चिनारी गराउने पुस्तक पाकिस्तानका बौद्ध सम्पदाहरु लोकार्पण

बौद्ध सम्पदाहरुको चिनारी गराउने पुस्तक पाकिस्तानका बौद्ध सम्पदाहरु लोकार्पण

नेपाल । पाकिस्तानका विभिन्न क्षेत्रमा रहेका बौद्ध सम्पदाहरुको चिनारी गराउने पुस्तक पाकिस्तानका बौद्ध सम्पदाहरु लोकार्पण गरिएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको कार्यव्रmममा ओमचरण अमात्यद्वारा लिखित उक्त पुस्तक प्रतिनिधि सभाका सदस्य भीमप्रसाद आचार्य, नेपालका लागि म्यानमारका राजदूत यु म्यो मिन्ट माउङ र श्रीलङ्काका चार्ज डी अफेयर्स चमीरा मुनासिङघे, नेपालका लागि पाकिस्तानका राजदूत अब्राहर एच. हास्मी र लेखक अमात्यले लोकार्पण गर्नुभयो । त्यस अवसरमा पाकिस्तानका लागि बौद्ध सम्पदा प्रवर्द्धनका राजदूत ए. इमरान शौकतले भर्चुअल रूपमा सम्बोधन गर्दै पाकिस्तानको बौद्ध सम्पदाको प्रवद्र्धन गर्दै पर्यटल प्रबद्र्धनमा पाकिस्तान सरकार कार्यरत रहेको जानकारी दिनुभयो । सांसद भीम आचार्यले सांस्कृतिक सम्पदाको महत्वलाई दुई देशबिचको जनसम्पर्कको एउटा महत्वपूर्ण पक्षका रहेको चर्चा गर्नुभयो । उहाँले...
एनआरएनए अष्ट्रेलियाद्वारा पाँच लाख ८८ हजार डलरमा कार्यालय भवन खरिद

एनआरएनए अष्ट्रेलियाद्वारा पाँच लाख ८८ हजार डलरमा कार्यालय भवन खरिद

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अष्ट्रेलियाले सिड्नीमा आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्ने भएको छ । पाँच लाख ८८ हजार डलरमा खरिद गरिएको भवनमा अबदेखि एनआरएन अष्ट्रेलियाले आफ्नो प्रशासनिक र अन्य कार्यहरु सञ्चालन गर्न लागेको हो । बिहीबार न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्सले एक समारोहकाबीच वैदिक मन्त्रोच्चारणका साथ कार्यालयको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यूसाउथवेल्सका प्रिमियर मिन्सले नेपाली समूदायको खुलेर प्रशंसा गरे । नेपालीको बाक्लो बसोबास गरेको रकडेल, कोग्राका सांसद समेत रहेका उनले अष्ट्रेलियालाई आफ्नो घर बनाउन सफल सबै नेपालीहरुलाई बधाई दिएका छन् । कार्यालय भवन खरिदका लागि २ लाख १० हजार डलर सरकारी अनुदान समेत प्राप्त भएको छ । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सबै नेपालीका लागि यो गर्वको विषय भएको र एनआरएन...
पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

पत्रकार पाण्डेको वृत्तचित्रले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

काठमाडौं । नेपालको बहुपति प्रथाको विषयमा निर्माण भएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिभलमा को–हजबेण्डले शनिबार उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो । मेन्ट्रो टोरोन्टो सम्मेलन केन्द्रमा आयोजित अवार्ड समारोहमा फिल्म फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एसासियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एसासिएट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक पत्रकार गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे । अमेरिकन एन्थ्रोपोलिजिकल एसोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक वर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म र मिडिया महोत्सव गर्दै आएको छ । महोत्सव...