नेपाल । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएर किराती राजा यलम्बरको तस्वीर राखेका छन् ।
उनले बुधबारनै सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । सोही अनुसार बिहीबार यलम्बरको फोटो राखेका हुन् ।
उक्त कार्यको धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।
‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु, जय देश’, मेयर साम्पाङले बुधबार लेखेका थिए ।
प्रतिक्रिया दिनुहोस्