प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट विकासको सपना देख्न नसकिने बताएका छन् ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा लगत्तै आईतवार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा सुशासन दिने शासक चाहिने बताए।
ओलीले भने, ‘वास्तवमा यही सरकारबाट, यही कार्यशैलीबाट, यही तारिकाबाट, यही कुशासनको चक्रव्यूह भित्र, यही भ्रष्टाचार र कमिसनतन्त्रका बीचमा विकासको सपना देख्न सकिदैन । र हामीले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता सधैँ हुन्छ भन्ने होइन । सुशासन चाहिन्छ । सुशासन दिने शासक चाहिन्छ । त्यसपछि वास्तवमा खास देशको विकास हुन्छ ।’
अध्यक्ष ओलीले राष्ट्र र जनताको हितमा पक्षमा आफ्नो पार्टी दृढतापूर्वक उभिने कुरा पनि जनताको बीचमा संकल्प गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्