२८ माघ २०८२, बुधबार

नेपालको त्रिभुवन विमानस्थलमै सौर्य एयरलाइन्स दुर्घटना हुँदा १८ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , July 25th, 2024

नेपाल । नेपालको राजधानी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको ९एन–एएमई विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको विमानमा १९ जना यात्रु रहेका थिए । उनीहरू सबै सौर्यका कर्मचारी (इन्जिनियर तथा प्राविधिकहरु) हुन् । उक्त दुर्घटनास्थलबाट ४ जनाको उद्दार गरिएको थियो ।

उनीहरुमध्ये तीन जनाको टिचिङ अस्पताल उपचारका क्रममा मृत्यु भएको र क्याप्टेन मनिष शाक्यको केएमसीमा उपचार भइरहेको छ ।

यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्