२७ माघ २०८२, मंगलवार

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न- ‘गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ?

कोलोराडोखबर संवाददाता , June 7th, 2024

नेपाल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धुको फाइल खोल्न तपाईं तयार हुनुहुन्छ ? भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेका थिए । आफूहरूले तथ्यसहित ओलीको आरोपको प्रतिवाद गरेको उनको जिकिर थियो ।

शर्माले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० बिघाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्नको चुनौतिसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्