३ फाल्गुन २०८२, आईतवार

संसदको गतिरोध अन्त्यका निम्ति पहल गर्ने नेकपा एसको निर्णय

कोलोराडोखबर संवाददाता , May 24th, 2024

नेपाल । नेकपा (एकीकृत समाजवादी) को बिहीबार बसेको सचिवालय बैठकले संसद्को गतिरोध अन्त्यका निम्ति पहल गर्ने निर्णय गरेको छ ।

बैठकले संसदको गतिरोध अन्त्य गर्न प्रतिपक्ष नेपाली कांग्रेससहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठकले पार्टीको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज जेठ १५ गते जिल्लामा पठाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले महाधिवेशन आउँदो असार १६ देखि २० काठमाडौंमा गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्