२८ माघ २०८२, बुधबार

बिहीबारको प्रतिनिधिसभाको बैठक पनि काँग्रेसले चल्न नदिने

कोलोराडोखबर संवाददाता , May 16th, 2024

नेपाल । बिहीबार संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक डाकिएको छ । बैठक बिहान ११ बजे बस्नेछ ।

तर बैठकमा नेपाली काँग्रेसका सांसदहरुले अबरोध जारी राख्ने बुझिएको छ ।

सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ। माग पूरा नभएसम्म सदन चल्न नदिने काँग्रेसको अडान छ।

संसद्को अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले गरेको प्रयास सफल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्