-सुदीपभद्र खनाल-
गर्छु साहित्यको सेवा मन वचन कर्मले
एकता बल हो हाम्रो उठ्न सक्छौँ सबै मिले
वैमनश्य नहोस् जागोस् सर्वव्यापक भावना
निस्वार्थ भावले गर्छु भाषा सेवा निसर्त म
समन्वय सदाचार समता र सुभावना
सधैँ सधैँ फुलाएर लाग्नेछु म सुकर्ममा
अनेसास बनोस् यौटा डायस्पोरा-सुवाटिका
फैलोस् सुकर्मले आभा नव्य दिव्य प्रभातका
बनोस् नेपालमा यौटा भव्य केन्द्र छ योजना
केन्द्र – अमेरिका उस्तै फैलियोस् शुभ भावना
हाम्रो साहित्य फैलेर नेपालीत्व फुलोस् झन
भाषा एकत्वको नाता अझै होस् विश्वमा घना
आइफेल चढोस् हाम्रो साहित्य र सुकीर्तिले
सिड्नी लण्डनमा डंका पिटोस् हिमादृ कीर्तिले
पाइयोस् भन्न नेपाली सगर्व साथ सानले
नपरोस् कहिल्यै झुक्न नेपाली शैल-माथले
बजुन् जापानमा बाजा पञ्चै धिमे र ढोलक
गुञ्जियोस् जर्मनी जाँदा अप्प दीपो सदा भव
सीताको महिमा गाई साँचोस् भातृत्व भारत
यो सारा विश्वले गाओस् नेपालीत्व सु-गारत
केन्द्रीय उपाध्यक्ष, अनेसास ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्