नेपाल । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले हालै सम्पन्न उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको बताएका छन् ।
उनले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताए । नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ता एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए।
प्रतिक्रिया दिनुहोस्