नेपाल । बुधबार नेपालमा ठूलो धनजनको क्षति हुने गरी गरी भूकम्प गएको ९ वर्ष पूरा भएको छ ।
२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केल गएको थियो ।
त्यसक्रममा आठ हजार ९७० जनाको मृत्यु र २२ हजार भन्दा घाइते भए । पाँच लाख ११ हजार ३९० घर ध्वस्त भए। दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुग्यो ।
भूकम्पले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति पुगेको थियो।
प्रतिक्रिया दिनुहोस्