नेपाल । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको सत्तारुढ दलका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ।
अनौपचारिक भेटमा १५ वैशाखमा हुने उपनिर्वाचन, प्रदेश सरकार हेरफेर र संघीय सरकारको पूर्णताबारे छलफल भएको छ ।
आगामी १५ वैशाखमा इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बझाङ-१ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।
दुवै क्षेत्रमा एमालेले उम्मेदवारको टुंगो लगाएको छ। तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले उम्मेदवारबारे निर्णय लिएका छैनन् । यस सम्बन्धमा समेत शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्