२२ मंसिर २०८१, शनिबार

अर्बपति ब्यापारी एवं सांसद बिनोद चौधरी पक्राउ पर्ने संभावना !

कोलोराडोखबर संवाददाता , March 21st, 2024

नेपाल । अर्बपति ब्यापारी एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरी पनि पक्राउ पर्न सक्ने संभावना बढेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चौधरीमाथि छानविन भइरहेको जनाउँदै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई लिखित जानकारी गराएपछि उनी पक्राउ पर्ने सक्ने आंकलन गरिन थालेको छ ।

चौधरीमाथि सरकारी कागजात किर्ते र ठगीमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता कायम राखेको काठमाडौं महानगरपालिका वडा नम्बर ३ स्थित १० रोपनी जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा स्वामित्व हस्तान्तरण गरेर सरकारी जग्गा किर्ते गरी ठगी गरेको भन्दै अनुसन्धान भइरहेको हो ।

केही समयअघि सोही प्रकरणमा उनका भाइ अरुण चौधरी पक्राउ परे भने धरौटी बुझाएर रिहा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्