नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूले श्रममन्त्री रामजी यादव सँग भेट गरी नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिईएको छ ।
साथै, सम्मेलन सफल बनाउन मन्त्रालयको आवश्यक सहयोग र सहकार्यका लागि अनुरोध छ । भेटका क्रममा सम्मेलनका उद्देश्य, तयारी तथा मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकका समस्या, चुनौती र तिनको समाधानका विषयमा छलफल गरिएको थियो।
एनआरएनएले मध्यपूर्वमा रहेका नेपाली श्रमिकको हकहित, सुरक्षा, सामाजिक संरक्षण तथा श्रमिकका सवाललाई प्राथमिकतामा राख्दै सम्मेलन आयोजना गर्न लागेको जानकारी गराएको थियो। सम्मेलन सफल बनाउन मन्त्रालयको तर्फबाट आवश्यक समन्वय, सहजीकरण तथा आतिथ्यताका लागि समेत अनुरोध गरिएको छ।
एनआरएनएको आयोजनामा नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी ११ र १२ डिसेम्बर २०२६ मा कतारमा आयोजना हुने कार्यक्रमअनुसार आवश्यक तयारी तथा व्यवस्थापकीय कार्यहरू अगाडि बढिरहेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्