२४ कार्तिक २०८३, मंगलवार

महाकवि देवकोटाको जन्मजयन्तीमा दुई श्रष्टा सम्मानित

कोलोराडोखबर संवाददाता , November 10th, 2026

नेपाल । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वउपकुलपति वासुदेव त्रिपाठी र पत्रकार निर्मल अर्याललाई सम्मान गरिएको छ ।

नयाँबस्ती युवा क्लबको ४०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार यहाँ आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगा उप्रेतीले दुईजनालाई सम्मान गर्दै नेपाली भाषा, साहित्य, वाङ्मय र संस्कृतिको उन्नयनमा त्रिपाठी र अर्यालले ठूलो योगदान गरेको बताए ।

उनले साहित्यको विकासका लागि भाषा–शैलीमा आधुनिक वाक्यविन्यासलाई प्रयोगमा ल्याउँदा नेपाली भाषा थप गतिशील हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्