२९ कार्तिक २०८३, आईतवार

कविताः रक्षा

कोलोराडोखबर संवाददाता , November 15th, 2026

-सुदीपभद्र खनाल-
धर्मको सत्यले रक्षा
विद्या अभ्यास रक्षित
रूपको सौम्यता रक्षा
मनुष्याचार रक्षित

ज्ञान हो धनको रक्षा
रक्षा हो ध्यान ज्ञानको
सदाचार स्वयं रक्षा
प्रतिष्ठा स्वाभिमानको

सफा नियत हो रक्षा
सच्चाई र इमानको
भ्रष्ट आचार हो रक्षा
मूर्खको बेइमानको

नेताको भोट हो रक्षा
रक्षा कोट वकीलको
पहाड वायुको रक्षा
बाज रक्षा छ चीलको

-अमेरिका ।

प्रतिक्रिया दिनुहोस्