नेपाल । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गर्नुभएको छ ।
उहाँले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप सोमबार बिहान गाईको पूजा गर्नुभएको हो । उहाँले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाउनुभयो ।
तिहारका अवसरमा समृद्धि तथा सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्