२९ कार्तिक २०८३, आईतवार

जनकपुरमा छैटौँ एनआरएन विश्व स्वास्थ्य सम्मेलन आयोजना हुँदै

कोलोराडोखबर संवाददाता , November 15th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (NRNA) र मधेश प्रदेश सरकारको संयुक्त आयोजनामा, आगामी ४–५ डिसेम्बर २०२६ मा जनकपुरमा छैटौँ एनआरएन विश्व स्वास्थ्य सम्मेलन आयोजना हुँदैछ।

सम्मेलनमा विश्वभरका स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा गैरआवासीय नेपालीहरूको सहभागिता रहनेछ।

“Reverse Migration with Global Collaboration” भन्ने मूल नाराका साथ आयोजना हुने यस सम्मेलनले ज्ञान आदानप्रदान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय साझेदारीमार्फत नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्