-आर. आर. चौलागाईं-
बाबुआमाले भने— “छोराको माया दिइनस् ।”
दाजुभाइ तथा दिदीबहिनीहरूले भने – “दाजुभाइको माया दिइनस् ।”
श्रीमतीले भनी – “लोग्नेको माया दिइनस् ।”
छोराछोरीले भने – “बाबुको माया दिइनस् ।”
गुरुहरूले भने – “शिष्यको माया दिइनस् ।”
शिष्यहरूले भने – “गुरुको माया दिइनस् ।”
आफन्तहरूले भने – “आफन्तको माया दिइनस् ।”
छिमेकीहरूले भने – “छिमेकीको माया दिइनस् ।”
देशले भन्यो – “सबै छोडेर मलाई माया गरिस् । तर के गर्नु! मैले पनि तँलाई माया दिन सकिनँ ।”
-हेटौँडा-४, मकवानपुर

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्