अमेरिका । भोटेकोसी बाढीपीडितका लागि अमेरिकामा रहेका विभिन्न तीन नेपाली संस्थाले परराष्ट्रमन्त्री शिशिर खनाललाई २ लाख २६ हजार अमेरिकी डलर सहयोग हस्तान्तरण गरेका छन् ।
एनएच नेपाली समाजबाट १ लाख २० हजार अमेरिकी डलर, अमेरिका नेपाल हेल्पिङ सोसाइटी भर्जिनियाबाट ९३ हजार अमेरिकी डलर र गुरुङ सोसाइटी यूएसएबाट १३ हजार अमेरिकी डलरका राहत सहयोगको लागि प्रदान गरेका हुन् ।
सम्बन्धित संस्थाका प्रतिनिधिहरूले छुट्टाछुट्टै चेक मन्त्री खनाललाई हस्तान्तरण गरे । मन्त्री खनालले बाढीबाट प्रभावित नेपालीप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि सम्बन्धित संस्था तथा नेपाली समुदायप्रति आभार व्यक्त गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्