१४ आश्विन २०८३, बुधबार

नेकपा एमालेको वरिष्ठ नेता बन्ने मेरो चाहना होइनः विद्यादेवी भण्डारी

कोलोराडोखबर संवाददाता , September 30th, 2026

नेपाल । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले आफू वरिष्ठ नेता बन्न नचाहेको खुलासा गरेकी छन्।

मंगलवार रूपन्देहीको बुटवलमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो खुलासा गरेकी हुन्। उनले उद्योगी व्यवसायीहरूसँग सल्लाह गरी यो क्षेत्रका समस्या समाधानतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

नेत्री भण्डारीले लुम्बिनी क्षेत्रमा अन्ताराष्ट्रिय विमानस्थल, अन्ताराष्ट्रिय सम्मेलन केन्द्र र सडक पूर्वाधार निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको पनि बताइन्। उनले आफूले पार्टी उपाध्यक्षको जिम्मेवारी लुम्बिनीमै पाएको स्मरण गरिन्।

भण्डारीले एमालेले आफूलाई वरिष्ठ नेत्रीमा मनोनयन गरेकोमा खुसी व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्