-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । महिला दिदीबहिनीहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बिभिन्न साँस्कृतिक कार्यक्रम गरी शुभकामना आदान प्रदान गर्दै सामुहिक तिजको दर खाएका छन् ।
प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुख दुख साटासाट गर्दै माईतीको झल्को मेटाउन कोलोराडो सिष्टर्स ग्रुप दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा उपस्थित भइ शुभकामना आदान प्रदान गर्दै सामुहिक दर खाएका हुन् ।
कोलोराडो वेष्टमिनिष्टर सिटी स्थित Ultra Lounge मा शनिबार सांझ ५ बजे देखी राती १० बजे सम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, अभियान्ता, गन्यमान्य, समाजसेवी, ब्यवसायी संचारकर्मि तथा नेपालीभाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रवासमा हाम्रो धर्म संस्कृति अनुसारको चार्डवार्डको दिन सार्वजानिक बिदा नहुने र त्यसकै आसपासमा यसरी जमघट भएर तिज मनाउन बिभिन्न कारणले संभव नहुने हुनाले प्राय धेरै दिदीबदिनीहरू उपस्थित हुनसक्ने समय मिलाइ तिज भन्दा केहि समय अगाडीनै यस्ता सामुहिक कार्यक्रम गरिने गरिएको छ ।
कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष शान्ति भुषालले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य बारे प्रकास पारेकी थिइन । यसैगरी उनले कार्यक्रम सफल बनाउन तन, मन र धन दिएर सहयोग गर्ने सबैलाइ धन्यवाद दिएकी थिइन ।
समारोहमा दिदीबहिनीहरूले प्रवासमा रहदा भोगेका सुखदुखका घटनालाइ गीत बनाइ परंपरागत मौलिक भाका तथा लयमा गाइ रहदा साँच्चै मातृभुमीको तिजको रमझम स्मरण गराएको थियो ।
कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्टा समेत ब्यवस्था गरिएको थियो । जसमा राफल चिट्टा विजयी दिदी बहिनीहरूलाइ साडी, श्रृगारका सामग्री तथा गिफ्ट कार्ड प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघ संस्था तथा दाताहरुको नाम पढेर सुनाइएको थियो ।
यसरी कार्यक्रममा उपस्थित दिदी बहिनीहरुले तिजका गीत गाउदै, नाचगान गर्दै आफैले बनाएको सेलरोटी, दहि लगायतका स्वादिष्ट भोजनहरु खादै एक आपसमा शुभकामना साटासाट गरि तिज मनाएका थिए ।
सिष्टर्स ग्रुप सन् २०१७ देखी कोलाराडोका दिदी बहिनीहरु संगठीत भएर बिभिन्न सामाजिक, सांस्कृतीक कार्यक्रमका लागी आवश्यकता अनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण तथा महिला हकहित जस्ता सामाजिक कार्यका लागी निरन्तर अग्रसर हुदै आएको संस्था हो ।
यस बाहेक कोलोराडोमा अगष्ट २२ तारिकमा रातो रौनक माइल हाइ तिज ब्रुमफिलमा, अगष्ट २९ मा इरी कम्युनिटी तिज र सेक्टेम्वर ५ मा टुकी तिज कार्यक्रम हुने आयोजकहरूले बताएका छन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्