नेपाल । रास्वपाका सभापति रवि लामिछानेले अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गरी गतिविधि नगर्न चेतावनी दिएका छन्।
शुक्रबार चितवनमा आफ्नो धारणा राख्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले अदालतका विषयमा सुनेका वा लेखिएका आधारमा हचुवाका भरमा टिप्पणी गर्दा संस्थाको गरिमा र विश्वसनीयतामा असर पर्ने बताए।
अदालत, प्रहरी, सुरक्षा निकाय, निजी क्षेत्र, प्रेस, पेसागत संगठन र वैदेशिक सम्बन्धजस्ता संस्थाहरू कमजोर भए समग्र देश र लोकतन्त्र नै कमजोर हुने उनको भनाइ थियो ।
लामिछानेले अभिव्यक्ति, गतिविधि र निर्णयमार्फत लोकतन्त्रका महत्त्वपूर्ण स्तम्भलाई कमजोर बनाउने काम गर्न नहुनेमा जोड दिए। कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने भए पनि प्रभावकारी काम गर्न नसक्ने उनको टिप्पणी थियो।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्