-आरसी रिजाल-
रोगीहरु भेला भएपछि सबैले आआफ्नो रोगको बयान गरेर थाक्तैनन्। तर म यहाँ भेलामा उपस्थित हुन नसक्ने रोगीबारे लेख्दै छु। मेरा नगिचका लगभग ८० बर्षे चारपात्र छ्न् — खुट्टाका रोगी ।
उहाँहरु भन्नुहुन्छ — शरीरका अरु अङ्ग नचल्दा त्यस्तो कष्ट हुँदैन ।तर खुटा नचल्नु भनेको ठ्याक्कै प्याराल्यासिस भएझैं हो । हात नचले बरु पशुले झैँ खाइन्छ। खुट्टा नचल्दा जेलको अँध्यारो कोठामा बिताएझैँ हुन्छ। जुनसुकै रोगीलाई डाक्टरले हिड्ने सल्लाह दिन्छन् । हिँडाइले शरीरका सारा मासपेसीलाई चलाएमान गराउछ। अब हिँड्न नसक्ने भएपछि अरु रोगले सहजै आक्रमण गर्न सक्छ।
यतिबेला हेटौंडाको नन्दरत्न दाजुलाई संझन्छु। दुईबर्ष अघिसम्म ८२ बर्षे युवाभन्दै साहित्यिक कार्यक्रममा उपस्तिथिभै हामीलाई हौसला दिनुहुन्थ्यो।अहिले दुबै घुँडाले धर्म छाडेपछि उत्तानो परेर सिलिङ पंखा हेर्दै आफ्नो ८४ सियौ बिताउदै छन् । हेरालो नहुँदा टाउको ठाडोपारी दुईहात टेकेर घस्रनु हुन्छ।उहाँ मस्तले खान,निदाउन, गाउन सक्नुहुन्छ । तर………!
जीवन बुझेको पाको मान्छे भएकोले होला भेट्न जानेलाई — खुट्टा भए जुत्ता कतिकती भन्ने उखान त बनायौं। ऎले मेरा तीनजोर जुत्ता खुट्टालाई हेर्न सक्छन् तर पस्न सक्तैनन । बरु — ” जुत्ता भए खुट्टा कतिकती ” भन्दै हाम्रो खुट्टातिर देखाउदै हास्न हुन्छ।
मलाई चसक्क बिजाएको उहाँको भनाइ — ” आँखालाई संसार देखाउन हिडाउने त खुट्टै हो।।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्