नेपाल । प्रधानन्यायाधीश सिफारिसमा राष्ट्रियसभाका अध्यक्ष एवं संवैधानिक परिषद्का सदस्य नारायण दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता परिषद्का सदस्य भीष्मराज आङ्देम्बे विपक्षमा उभिएका छन् ।
उनीहरू विपक्षमा रहे पनि बहुमतका आधारमा सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मालाई सिफारिस गरिएको छ ।
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने परम्परा र विधि तोडेर उनी सिफारिस भएका हुन् ।
आफुहरूले सिफारिसमा नोट अफ डिसेन्ट लेखेको दाहालले बताए । शर्मा चौथो वरीयताका न्यायाधीश हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्