नेपाल । नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सम्पन्न भएको छ । बैठक समापत गर्दै सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिकरुपमा समृद्ध र संगठनात्मकरुपमा सबल बनेको बताए ।
बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टीप्रति सकारात्मक सन्देश प्रवाह भएको बताए ।
उनले पार्टी अनुशासित, ऊर्जावान र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताए । महासमिति बैठकले नेपाल र नेपाली कांग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गरे ।
देउवाले महासमिति बैठकपछि नेपाली कांग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको पनि जिकिर गरे ।
सभापति देउवाले कांग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्व हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्