कतार । कतार एएफसी एसियन कपको च्याम्पियन बनेको छ ।
घरेलु मैदानमा भएको फाइनलमा खेलमा जोर्डन माथि ३–१ को जित निकाल्दै कतार लगातार दोस्रो पटक एसियन च्याम्पियन बनेको हो ।
कतारले खेलको २२औं मिनेटमा अग्रता लिएको थियो । अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए।
६७औं मिनेटमा जोर्डनले बराबरी गोल गर्यो । तर कतारले त्यसपछि दुई गोल थप्न सफल भएको हो ।
उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीन विरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २–१ को जित निकालेको थियो ।
क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो।
कतारले २०१९ मा जापान माथि ३–१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु)
प्रतिक्रिया दिनुहोस्