१६ बैशाख २०८३, बुधबार

जुन ठाउँमा निर्वाचन हुने हो, त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउनु पर्छः गगन

कोलोराडोखबर संवाददाता , August 25th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए । उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।

निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरू पनि हटाएर ल्याउनसक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए। आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने बताए ।

महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्नेकुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्