नेपाल । नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआन र नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवबीच आइतबार बिहान काठमाडौंमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।
होटल याक एन्ड यतिमा भएको भेटवार्तामा दुवै पक्षले व्यापार, लगानी, जलविद्युत, पर्यटन, र सांस्कृतिक सहकार्य लगायतका विषयमा छलफल गरेका छन् ।
बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले जानकारी दिएअनुसार, दुवै देशले मित्रता र सद्भावनामा आधारित सम्बन्धलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्