२१ बैशाख २०८३, सोमबार

लिपुलेकबाट व्यापार गर्ने भारत र चीनबीचको सम्झौतालाई अस्वीकार गरौंः नेपाल

कोलोराडोखबर संवाददाता , August 24th, 2025

नेपाल । नेपाल कम्युनिष्ट पार्टी (एस) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लिपुलेकबाट सीमापार व्यापार गर्नेबारे भारत र चीनबीच भएको द्विपक्षीय सम्झौतालाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले दुई देशबीच हालै सम्पन्न सम्झौताले नेपाली भूमिमाथिको अतिक्रमण तथा देशको स्वतन्त्रतामाथि छिमेकी राष्ट्रबाट भएको हस्तक्षेप स्वीकार्य नहुने बताए ।

मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि थिचोमिचो भएकाले उक्त कार्यविरुद्ध सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले समस्या समाधानका लागि सरकारले दुवै छिमेकीहरूसँग कूटनीतिक तहमा वार्ता गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्