नेपाल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका राजनीतिक दलहरूभित्र विकृति र विसंगतिहरू फस्टाउँदै गएको आरोप लगाएकी छन् । उनले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको र राजनीतिक दलहरू प्रणालीअनुसार अघि बढ्न नसकेको पनि बताएकी छन्।
बिहीबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनको कार्यालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान संसदीय अभ्यासलाई नै ‘निरिह थलो’ को संज्ञा दिइन् ।
उनले देशका लागि आवश्यक कानुनहरू बनाउन ध्यानपूर्वक अध्ययन नै नभएको र ठूला दलहरूले संविधानमा प्रश्न उठाएर संशोधनको सहमति गरे पनि त्यसका लागि आवश्यक छलफल हुन नसकेको बताइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्