२१ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध सर्वोच्च अदालतमा रिट !

कोलोराडोखबर संवाददाता , August 22nd, 2025

नेपाल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने आदेश दिन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिना हुँदा पनि विश्वासको मत नलिएको उल्लेख गर्दै विश्वासको मत लिने आदेश जारी गर्न मागसहित अधिवक्ता विरेन्द्र केसीले रिट निवेदन दर्ता गरेका हुन् ।

संविधानको धारा १०० अनुसार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको उनले रिटमा उल्लेख गरेका थिए ।

उनले प्रधानमन्त्री ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालय, सभामुख देवराज घिमिरे, संघीय संसद सचिवालय र राष्ट्रपति कार्यालय, शीतल निवासलाई पनि विपक्षी बनाएर रिट दर्ता गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्