१७ बैशाख २०८३, बिहीबार

कम्युनिष्ट आन्दोलनको भविष्य अझै, निराश हुनु पर्दैनः माधव नेपाल

कोलोराडोखबर संवाददाता , July 24th, 2025

नेपाल । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनु भएको छ। ।

बुधवार कीर्तिपुरमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँकाअनुसार चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता छैन ।

चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्नसके सही विचार प्राप्त गर्न सकिने उहाँको विश्वास छ । अध्यक्ष नेपालले आन्तरिक कुराहरु पार्टीकै बैठकमा गर्न सुझाव दिनुभएको छ ।

पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्