नेपाल । शुक्रबार राति दाङको भालुवाङस्थित राप्ती पुलबाट बस खस्दा १२ जनाको मृत्यु भएको छ । मृतक मध्ये ११ पुरुष र एक महिला छन् ।
काठमाडौंको चन्द्रागिरीका ६५ ताराकान्त पाण्डे, बाँके नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत, जुम्लाका ४० वर्षीय मुनबहादुर राउत, मकवानपुरको हेटौँडाका ३९ सौरभ विष्ट, बाँकेका ३० वर्षीय रामवरण हरिजन र रुकुमका २५ वर्षीय दिपक कामीको मृत्यु भएको हो । यसैगरी भारतको बिहारका ६७ वर्षीय योगेन्द्र राम र उत्तरप्रदेशका ३१ वर्षीय मुनेको पहिचान खुलेको छ । मृतकमध्ये चारजनाको सनाखत हुन बाँकी छ ।
घाइते २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति करिब साढे १० बजेतिर राप्ती नदीमा खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्