३ भाद्र २०८३, बुधबार

पत्रकार महासंघ बागतमी प्रदेश समितिद्वारा पत्रकार सहायता कक्ष स्थापना

कोलोराडोखबर संवाददाता , March 10th, 2025

नेपाल (हेटौंडा) । नेपाल पत्रकार महासंघ बागतमी प्रदेश समितिले पत्रकार सहायता कक्ष स्थापना गरेको छ । समितिको दोश्रो पुर्ण बैठकले महासचिव राधेश्याम खतिवडाको संयोजकत्वमा पत्रकार सहायता कक्ष स्थापना गरेको हो ।

प्रदेश भित्र रहेका पत्रकारहरुलाई आइपर्ने समस्या समाधानका लागि तत्काल समन्वय, सहकार्य र सहयोग गर्ने उद्देश्यले पत्रकार सहायता कक्ष स्थापना गरिएको समितिका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

पत्रकार सहायता कक्ष संचालन र व्यवस्थापन गर्न महासचिव खतिवडाको संयोजकत्वमा सचिव श्याम प्रसाद खतिवडा र काजी श्रेष्ठ रहनेगरी जिम्वेवारी तोकिएको छ । पेशागत कर्मका क्रममा केही समस्या आइपरेमा महासचिव राधेश्याम खतिवडा (९८४५०२३६१२), सचिव श्यामप्रसाद खतिवडा ( ९८५११५४२५२), काजी श्रेष्ठ (९८५११८२३१३) मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्