१९ बैशाख २०८३, शनिबार

नागार्जुन नगरपालिकाका मेयर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा

कोलोराडोखबर संवाददाता , February 10th, 2025

नेपाल । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पदको दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजाय माग माग दाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्