काठमाडौं । आगामी असोज १ र २ गते हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १४ सय प्रतिनिधि सहभागी हुने जनाएको छ ।
पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले बैठकले भेलामा सहभागी हुने प्रतिनिधिको टुंगो लगाएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बैठकले १५ वटा उपसमिति गठन गरेको छ । रास्वपाले यसअघि नै काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।
यस्तै, बैठकमा स्थानीय छाया सरकार सम्बन्धी कार्यविधि कार्यवाहक महामन्त्रीले पढेर सुनाएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्