नेपाल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि राजीनामा दिएर नयाँ सरकरा गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । यसअघि नेकपा एमालेले पनि यस्तो आग्रह गरेको थिो ।
संसद्का दुई ठूला दल कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेपछि नयाँ सत्ता समीकरणको मुख्य दल कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।
बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको सो बैठकले दुई ठुला दल र अन्य दलहरूले पनि नयाँ सत्ता समीकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्