२९ फाल्गुन २०८२, शुक्रबार

सत्तासमिकरण परिवर्तन हुँदैन, ढुक्क हुनुहोस्ः प्रधानमन्त्री दाहाल

कोलोराडोखबर संवाददाता , June 1st, 2024

नेपाल । सत्तासमिकरण परिवर्तन हुन्छ कि भनेर आशंका नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा उनले यो सत्ता समीकरण ५ वर्षनै जाने उल्लेख गरे ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेर नै कांग्रेसको बैठकमा सहभागी भएको पनि बताए ।

प्रधानमन्त्री दाहालले नेताहरू प्रतिपक्षको कुरा सुन्न उनीहरूको बैठकमा जाने गरेको भए पनि वर्तमान सत्ता समीकरण तलमाथि नहुनेमा ढुक्क हुन पनि पार्टीका सांसदहरूलाई आश्वस्त पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्