२८ फाल्गुन २०८२, बिहीबार

प्रचण्ड सरकारलाई विश्वासको मत दिन्छौंः नेपाल

कोलोराडोखबर संवाददाता , May 20th, 2024

नेपाल । पूर्व प्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेकपा (एकीकृत समाजवादी) ले विश्वासको मत दिने स्पष्ट पार्नु भएको छ ।

उहाँले यस विषयमा कसैलाई पनि आशंका नगर्न आग्रह गर्नुभयो । आइतबार पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो भन्नु भएको हो ।

उहाँले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गर्नुभयो । त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्