अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी चिनफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक शिखर वार्ता हुँदै छ ।
यो शीर्ष वार्तालाई विश्व समुदायले निकै उत्सुकतापूर्वक प्रतीक्षा गरेको छ । यसअघि बुधबार रात्रिभोजमा तीनै जना नेताबिच भेटवार्ता भएको छ ।
चीनको सेन्जेनमा बुधबारदेखि सुरु भएको बुधबार एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनले विश्वका तीन शीर्ष नेताहरूलाई एकै ठाउँमा जुटाएको हो । चीनका राष्ट्रपति सी चिनफिङसहित एसिया प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाँहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको चिनियाँ समाचार संस्थाले जनाएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्