नेपाल । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गर्नुभएको छ ।
गत बिहीबार मकवानपुरको भीमफेदीमा हायस गाडी दुर्घटना हुँदा चालकसहित १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना सुन्दरपुर गाउँका हुन् ।
सभामुख अर्यालले सोमबार दिउँसो मृतकका परिवारसँग घरघरमै पुगेर भेट गर्नुभएको हो । भेटका क्रममा मृतकका परिवारका सदस्यले सभामुख अर्यालसँग राहत रकम र घटनाको निष्पक्ष छानबिनको माग राखेका छन् ।
सभामुख अर्यालले राहत रकम तत्काल प्राप्त गर्ने व्यवस्था मिलाउन समन्वय गर्ने आश्वासन दिनुभएको छ ।
मृतकका परिवारसँग सभामुख अर्यालसँगै प्रतिनिधिसभा सदस्यहरू नीतिमा भण्डारी कार्की, रवीन महतो, नरेन्द्र साह, सरिता महतो र रहबर अन्सारीलगायतले पनि भेट गर्नुभएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्