२७ कार्तिक २०८३, शुक्रबार

लुम्बिनी एनपीएलको तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली

कोलोराडोखबर संवाददाता , November 13th, 2026

नेपाल । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा छ विकेट गुमाएर पूरा गरेको छ ।

त्यस्तै एनपिएल अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको जित निकालेको छ । बिहीबार सम्पन्न खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९ दशमलव दुई ओभरमा छ विकेटको क्षतिमा भेट्टाएको हो ।

प्रतिक्रिया दिनुहोस्